धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

काठमाडौँ- सिरहाको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा ‘डावरटोल–नैनपुरटोल खानेपानी आयोजना’ निर्माण सम्पन्न भएको छ । निर्माण सुरु भएको ५ वर्षपछि १० करोड ९४ लाख रुपैयाँको लागतमा सो आयोजना सम्पन्न भएको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको आज उद्घाटन गरे । आयोजनाबाट १ हजार ५०० घरधुरी लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरले जनाएको छ ।
उद्घाटन कार्यक्रममा खानेपानीमन्त्री यादवले यी तीनैवटा वडाका उपभोक्ताको वर्षौँदेखि शुद्ध खानेपानी पिउने सपना आज साकार भएको बताए । उनले भने, “हामीले आजदेखि धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्त गराएका छौँ । यो सरकारको नागरिकप्रतिको प्रतिबद्धता पनि हो ।”
स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पु¥याउने सरकारको प्रतिबद्धता रहेको उनले बताए । खानेपानी सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्यले मन्त्रालयको नीति तथा योजनाले नागरिकको हित र समुन्नतिलाई केन्द्रविन्दुमा राखी सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गरीन् ।
त्यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामुकमार श्रेष्ठले खानेपानी विभागले मानव विकास सूचाङ्क कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यान्वयन गरिरहेको र मधेशका २८० वटा अधुरो योजना सञ्चालन गर्न नीतिगत सुधार गरी कार्यान्वयनको तयारीमा रहेको जानकारी दिए ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंह तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतोले यहाँ सम्पन्न खानेपानी आयोजनाले स्थानीयको पिउने पानी समस्या दीर्घकालीन रुपमा समाधान भएकोमा खुसी व्यक्त गरे ।

सुक्खा सङ्कटग्रस्त मधेसमा खानेपानी र सिँचाइको काम सुरू गर्न ऊर्जामन्त्रीको निर्दे…

आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता

नेपालको जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय जगतमा उठाइरहेका छौँ : मन्त्री दे…

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया