आजबाट जसपाको संघीय परिषद् बैठक

काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजबाट सुरु हुदैँछ ।
असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्न लागेको युवा नेता दुर्गा सुबेदीले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बस्न लागेको संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारसम्बन्धी प्रस्ताव र उपाध्यक्ष रणध्वज कन्दङ्वाले पार्टीको विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन्।
संघीय परिषद्को बैठकमा विधानको धारा २६ (३) अनुसार केन्द्रीय समितिका सदस्यहरु, केन्द्रीय निकायका सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु, प्रादेशिक निकायका पदाधिकारीहरु, राष्टिय समितिका पदाधिकारीहरु, जिल्ला समितिका अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरु र मनोनित संघीय परिषद् सदस्य गरी करिब ४१३ जनाको सहभागी हुने सो पार्टीका नेता सुबेदीले बताए ।

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसंगत भएनः सांसद बस्नेत

सरकारले सदनलाई निकै हेप्यो : माओवादी प्रमुख सचेतक पाण्डे

संसद् बैठकबाट बाहिरिएपछि रास्वपाले भन्यो- बोल्न नदिइएपछि बहिस्कार गर्यौँ

रास्वपाले संसद् अवरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट …

दैलेखमा ग्यास भेटिएपछि प्रधानमन्त्री ओलीले सम्झिए समर्थन र विरोधका थरिथरिका आव…

प्रतिक्रिया