सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै
काठमाडौँ- टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका ७:४५ बजे सुरु हुनेछ ।
जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्याण्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले दोस्रो खेलमा स्कटल्याण्ड्सलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको थियो ।
यसैगरी स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्याण्डलाई नेदरल्याण्ड्सले १७ रनले हराएको थियो ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया