कैलालीमा सुत्केरी मृत फेला

गोदावरी (कैलाली)- गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् । स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुलेको बताए ।
नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जिवितै भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि...

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

प्रतिक्रिया