संसद् बैठकबाट बाहिरिएपछि रास्वपाले भन्यो- बोल्न नदिइएपछि बहिस्कार गर्यौँ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरेका छन् ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गर्न नदिएका रास्वपा र राप्रपाले अन्ततः संसद बैठक बहिस्कार गरेका हुन् ।
प्रधानमन्त्री देशकै अभिभावक हुने भन्दै उनले अभिभावकत्व ग्रहण गर्नु पर्ने प्रधानमन्त्रीलाई सुनाउनका लागि तयार पारिएको सामग्री बोल्न नदिइएपछि मिडिया मार्फत सार्वजनिक गर्नु परेको रास्वपा सांसद सुमना श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
यसअघि राप्रपाले मात्रै संसद बहिस्कार गरेकोमा यो पटक रास्वपाले पनि बैठक बहिस्कार गरेर बाहिरिएको हो ।
भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा सो बारेमा छानबिन समिति बनाउनु पर्ने मागसहित प्रतिपक्षी दलले गत जेठ १३ गते देखी संसद अबरोध गर्दै आएका छन् । तर, हालसम्म पनि सो माग सम्बोधन नभए पछि रास्वपा र राप्रपाको विरोधका बीचमा बजेट र बिनियोजन बिधेयक माथी छलफल जारी राखे पछि उनीहरू नाराबाजी गर्दै बैठक स्थलबाट बाहिरिएका हुन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया