सरकारले सदनलाई निकै हेप्यो : माओवादी प्रमुख सचेतक पाण्डे

काठमाडौँ- नेकपा माओवादी केन्द्रले सरकारले संसदलाई हेपेको आरोप लगाएका छन् ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समय लिँदै सो आरोप लगाएका हुन् ।
संसदमा प्रतिपक्षी दलले अबरोध गर्दागर्दै संसद चलाइएको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारका मन्त्रीको उपस्थिति बिना नै संसद चलाएको भन्दै आपत्ति जनाएको हुन् ।
‘मन्त्री बिना नै बिनियोजन विधेयकमाथि छलफल सुरू गरिएको छ, सरकारले संसदको नियम पालना गर्नु पर्दैन, सम्बन्धित मन्त्रीले संसदको नियमावलीमा पालना गर्न पाउँदैन्, बजेट किताब पनि समयमा दिइएको छैन, यस्तो अवस्थामा हामी छलफलमा छौं,’ उनले भने, ‘नियमावली हामीले मात्रै मान्नु पर्ने, सरकारले नियमावली मान्नु पर्दैन, त्यसैले सरकारको उपस्थिति बेगर यो संसद चल्दैन सक्दैन् ।’ उनका अनुसार मन्त्री उपस्थित नभएकाले सबन्धित मन्त्रालयमा बहस हुन सक्दैन् ।
सो अघि नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पनि सोही बिषय उठाएका थिए । मन्त्री नभएकाले सो मन्त्रालयका बारेमा छलफल हुन नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि सरकारले युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका जेष्ठ नागरिक मन्त्रालयका मन्त्री उपस्थित नभएको जनाउँदै दुई मन्त्रालयको बजेटमा छलफल नहुने जानकारी गराएका छन् ।

देशमा बहुआयामिक र चौतर्फी रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी रहन कार्यकर्तालाई प्रचण्डको आग्…

इरान-इजरायल युद्ध : नेपाल फर्कन चाहनेलाई सरकारले उद्दार गर्ने

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

भिजिट भिसा प्रकरणमा माओवादीसँग सहमति भइसक्यो, अरू दलसँग सहमति गर्न आवश्यक छै…

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

प्रतिक्रिया