इरान-इजरायल युद्ध : नेपाल फर्कन चाहनेलाई सरकारले उद्दार गर्ने

काठमाडौँ- इजरायल, इरान युद्धका कारण विकसित पछिल्लो परिस्थितिका बारेमा छलफल भएको छ ।
इरान-इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा आज परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक सम्पन्न भएको हो।
परराष्ट्र मन्त्री आरजु राणाका अनुसार ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको छ ।
उनका अनुसार नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रुपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरुलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।
यसका लागि सम्बद्ध अरु तीन मन्त्रालयका समेत अधिकारीहरु सम्मिलित एक युनिट परराष्ट्र मन्त्रालयमा खडा गरी चौबिसै घन्टा काम गर्ने निर्णय पनि भएको छ ।
श्रम मन्त्री माननीय शरदसिंह भण्डारी सहित श्रम, गृह र पर्यटन मन्त्रालयका सचिवज्यूहरुले पनि आवश्यक समन्वय र सहयोग बारे कुराकानी गरिएको उनले जानकारी दिइन् ।

देशमा बहुआयामिक र चौतर्फी रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी रहन कार्यकर्तालाई प्रचण्डको आग्…

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

भिजिट भिसा प्रकरणमा माओवादीसँग सहमति भइसक्यो, अरू दलसँग सहमति गर्न आवश्यक छै…

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसंगत भएनः सांसद बस्नेत

प्रतिक्रिया