गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म
_7EmQO5w85t_fev7gn5o5kdw71yt4ykbdv9blhbr0dmpmxuhpcwdiirg58niu1rbb2vliq7l_fAKnrbJbYs_dnewpld0yddfym3n0mtolbbn1ewzm8fgb3ap1qoc0jnf1lnxrah35aekrham.jpg)
काठमाडौँ- नेपालको शैक्षिक क्षेत्रमा निरन्तर नयाँ प्रयोगको आवश्यकता झनै तीव्र हुँदै गएको छ । विशेष गरी गणितजस्तो विषय, जुन प्रायः विद्यार्थीहरूका लागि डरको कारण बन्छ, त्यसलाई रमाइलो, स्पर्श गर्न मिल्ने र जीवन्त रूपमा प्रस्तुत गर्न सक्ने माध्यमको खोजी भइरहेका बेला एक ऐतिहासिक पहल सुरु भएको छ— गणित संग्रहालय ।
Embark UnMath नामक संस्थाले नेपालमै पहिलोपटक सुरु गरेको यो संग्रहालय कार्यक्रम पारम्परिक पाठ्यपुस्तक शिक्षण विधिलाई चुनौती दिंदै विद्यार्थीलाई केन्द्रमा राखी, ‘गर्नुहोस् र सिक्नुहोस्’ भन्ने सैद्धान्तिक सोचमा आधारित छ । पाँच दिन र आठ हप्ताको सहभागितामूलक प्रक्रिया अन्तर्गत, यो संग्रहालय कार्यक्रमले केवल शिक्षण पद्धति मात्रै होइन, विद्यालयकै वातावरणलाई रुपान्तरण गर्ने प्रयास गरेको छ ।
अन्वेषणदेखि उद्घाटनसम्मको यात्रा
गणित संग्रहालयको यात्रा तीन प्रमुख चरणमा अघि बढ्छ । पहिलो चरण ‘EXPLORE’ मा विद्यालयको वातावरण, कक्षाहरू, खुला स्थान र विद्यार्थीको सन्दर्भमा संभावनाहरूको खोजी गरिन्छ । संग्रहालयका प्रदर्शनीहरू कहाँ र कसरी मिलाएर राख्न सकिन्छ भन्ने मूल्यांकन यही चरणमा हुन्छ । यसले विद्यालयलाई आफ्नै ठाउँ र स्रोतको पुनः मूल्याङ्कन गर्न प्रेरित गर्छ ।
अर्को चरण ‘INSTALLATION’ मा संग्रहालयका वस्तुहरू विद्यालयका विभिन्न कुनामा जडान गरिन्छ । UnMath टिमले तयार पारेका विशिष्ट उपकरण, खेलहरू, पजलहरू र गणितीय अवधारणा प्रस्तुत गर्ने संरचनाहरू विद्यालयका भित्ता, कोठा वा खुला स्थानहरूमा स्थापना हुन्छन् । यो चरणले विद्यालयमा चहलपहल र कौतूहलको वातावरण सिर्जना गर्छ ।
तेस्रो चरण, जुन सबैभन्दा उत्साहजनक छ त्यो, ‘ीLET’S SPEAK MATH’ हो । यही दिन संग्रहालयको औपचारिक उद्घाटन पनि हुन्छ । यस चरणमा अभिभावक, विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मीहरूलाई आमन्त्रण गरिन्छ, र विद्यालयमा गणितको उत्सवझैँ रमाइलो वातावरण सृजना हुन्छ । गणित पढाइको विषय मात्र होइन, प्रस्तुतीकरण र अनुभवको विषय हो भन्ने सन्देश यही दिन प्रवाह हुन्छ ।
विद्यार्थी–शिक्षकको सहयात्रा
यो कार्यक्रम कुनै पनि विद्यालयमा सफलतापूर्वक लागू गर्न विद्यालयको सक्रिय सहभागिता आवश्यक पर्छ । कम्तीमा १० जना उत्साही विद्यार्थीहरूको छनोट, उपयुक्त स्थानको व्यवस्था, एक समन्वय शिक्षकको तोक तथा कार्यक्रमको पूर्वतयारीमा निरन्तर सहयोग — यी सबै पक्षहरू विद्यालयले सुनिश्चित गर्नुपर्छ ।
कार्यक्रम सकिएपछि पनि UnMath टिम ६ महिनासम्म निरन्तर सम्पर्कमा रहनेछ, ताकि संग्रहालयका सामाग्रीहरू शिक्षण प्रक्रियामा पूर्ण रूपमा समावेश हुन सकून् । यसले सुनिश्चित गर्छ कि कार्यक्रम एकदिने उत्सवमा मात्र सीमित नहोस्, बरु दीर्घकालीन रूपान्तरणको माध्यम बनोस् ।
गणितः अनुभव, उत्सव र उत्प्रेरणा
गणित संग्रहालयको मूल मर्म भनेको गणितलाई केवल अंकको खेल नभई जीवनसँग गाँसिएको र प्रयोगमा ल्याउन सकिने विषयका रूपमा प्रस्तुत गर्नु हो । विद्यार्थीहरूले हातले छुन मिल्ने, बनाउने र चलाउने सामग्रीहरूबाट गणितीय अवधारणाको व्यावहारिक अनुभव लिन्छन् । यस प्रक्रियामा उनीहरूको नेतृत्व क्षमता, संवाद कला र सृजनशीलता बढ्छ ।
यति मात्र होइन, शिक्षकहरूका लागि पनि यो संग्रहालय नवीन शिक्षण सामग्री र दृष्टिकोण ल्याउने माध्यम बन्छ । यसले उनीहरूको शिक्षण पद्धतिमा विविधता ल्याउँछ र परम्परागत ‘कक्षा–पाठ्यपुस्तक–परीक्षा’ चक्रमा सुधार ल्याउँछ ।
विद्यालयको नयाँ पहिचान
गणित संग्रहालयले विद्यालयलाई एक सामान्य शैक्षिक संस्थाभन्दा बढी, एक नवप्रवर्तनशील र सामुदायिक रूपमा संलग्न शिक्षालय बनाउँछ । विद्यार्थीको संलग्नता बढाउँछ, अभिभावकसँगको सम्बन्ध बलियो बनाउँछ र विद्यालयलाई नेतृत्वदायी सोच राख्ने संस्थाको रूपमा चिनाउन मद्दत पुर्याउँछ ।
अन्त्यमा, यदि तपाईं शिक्षक, विद्यालय सञ्चालक वा अभिभावक हुनुहुन्छ भने, गणित संग्रहालय तपाईंकै लागि हो । यो केवल विषय परिवर्तनको कुरा होइन — यो मानसिकता परिवर्तनको यात्रा हो । जहाँ विद्यार्थीहरूले गणितलाई मात्र होइन, सिकाइको सम्पूर्ण अनुभवलाई आफ्नै भाषामा ‘बोल्न’ सिक्छन् ।

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

चावहिलको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता गर्दै

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

प्रतिक्रिया