कारागारबाट रविको १९ पेजको अपील : किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा जेल हालियो (पूर्णपाठ)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले १९ पृष्ठको अपिल प्रकाशित गरेका छन् । भैरहवा कारागारबाट उनले १९ पृष्ठको अपिल प्रकाशित गरेका हुन् ।
उनले आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक कैद गरिएको भन्दै जनताबाट न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् ।
आफूलाई विगतमा कांग्रेसबाट प्रधानमन्त्री नै बन्ने अफर आएको दाबी गर्दै राजनीतिक स्वार्थवश आफूलाई अहिले अलग पारिएको लामिछानेले बताएका छन् ।
उनले किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज दण्डपूर्वक जेल हालिएको उल्लेख गरेका छन्
‘बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले खडा भएको छानबिन समितिको बाह्रसय पृष्ठको प्रतिवेदन मात्र मेरा विरुद्ध कार्यान्वयन भयो । त्यो पनि छलपूर्वक, बलपूर्वक’ रवि लामिछानेले अपीलमा भनेका छन् ।
उनले आफूमाथि कानुनअनुसार चल्नैनपर्ने र चल्न नहुने मुद्दासमेत लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया