इरानी अस्गर फराहिदलाई दोस्रो कान्स, ‘टिटाने’लाई पाम डी अर

फ्रान्स : फ्रान्समा ११ दिन चलेको कान्स फिल्म फेस्टिभलमा इरानियन निर्देशक अस्गर फरहादीले दोस्रो अवार्ड जितेका छन् । सन् २०१६ मा ‘दि सेल्समेन’बाट पटकथा विधाको अवार्ड जितेका फरदाहीले आइतबार बिहान समापन भएको कान्समा भने कान्सको दोस्रो ठूलो पुरस्कार ग्रान्ड पिक्स जितेका छन् ।
‘अ हिरो’का लागि पाएको यो पुरस्कारमा उनको एकल दाबेदारी भने रहेन । यो पुरस्कार उनले जुहो कुसोमानेनको ‘कम्पार्टमेन्ट नम्बर ६’सँग बाँडनु पर्यो । फरहादी र कुसोमानेनले संयुक्त रुपमा ग्रान्ड पिक्स ग्रहण गरेका कान्सको सर्वोत्कृष्ट पुरस्कार पाम डी अर भने ‘टिटाने’ले पायो ।
जुलिया डुकोर्नाउले निर्देशन गरेको यो फिल्मलाई बीबीसीले केही दिन अघि मात्रै २०२१ सबैभन्दा ‘स्तब्ध’ बनाउने फिल्म भन्दै समीक्षा गरेको थियो । जुलिया कान्समा यो अवार्ड जित्ने दोस्रो महिला निर्देशक बनिन् । यसअघि सन् १९९३ मा ‘दि पियानो’ का लागि जेन क्याम्पियनले पाम डी अर जितेकी थिइन् । ७४ वर्ष लामो कान्सको इतिहासमा जम्मा दुई जना महिलाले मात्र सर्वोतकृष्ट पुरस्कार जितेका हुन् ।
'टिटाने'को एक दृश्य
महिला निर्णायकको बाहुल्य रहेको कान्सको मुख्य निर्णायक भने अमेरिकी निर्देशक स्पाइक ली थिए । उनले विजेताको नाम घोषणा गर्ने क्रममा समयभन्दा अगावै ‘टिटाने’को नाम घोषणा गरेपछि भने वातावरणमा सन्नाटा छाएको थियो । सबैभन्दा अन्तिममा घोषणा गर्ने अवार्ड सबैभन्दा पहिला घोषणा गरेपछि लीले धेरै पल्ट माफी माग्नु परेको थियो ।
समारोहमा निर्देशन तर्फको अवार्ड भने लिओस् काराक्सले जिते । उनी निर्देशित ‘एनेट्टे’ समारोहको ओपनिङ फिल्म थियो । अभिनेता तथा अभिनेत्रीतर्फको अवार्ड भने क्रमशः ‘निटराम’का लागि सेलेब लन्ड्री जोन्स र ‘दि वस्र्ट पर्सन इन दि वल्र्ड’ का लागि रेनाटे रेइन्स्भले जिते ।
समारोहमा चुनिएका बाँकी विजेताको नाम यसप्रकार रहेको छ ।
COMPETITION
Palme d’Or: “Titane”
Grand Prix — TIE: Asghar Farhadi, “A Hero” AND Juho Kuosmanen’s “Compartment No. 6”
Director: Leos Carax, “Annette”
Actor: Caleb Landry Jones, “Nitram”
Actress: Renate Reinsve, “The Worst Person in the World”
Jury Prize — TIE: Nadav Lapid “Ahed’s Knee” AND Apichatpong Weerasethakul’s “Memoria”
Screenplay: Ryûsuke Hamaguchi, ”Drive My Car”
OTHER PRIZES
Camera d’Or: ”Murina,” Antoneta Alamat Kusijanović
Short Films Palme d’Or: “All the Crows in the World,” Tang Yi
Short Films Special Mention: “August Sky,” Jasmin Tenucci
Golden Eye Documentary Prize:
Ecumenical Jury Prize:
Queer Palm: “The Divide”
UN CERTAIN REGARD
Un Certain Regard Award: “Unclenching the Fists,” Kira Kovalenko
Jury Prize: “Great Freedom,” Sebastian Meise
Prize for Ensemble Performance: “Bonne Mere,” Hafsia Herzi
Prize for Courage: “La Civil,” Teodora Ana Mihai
Prize for Originality: “Lamb,” Valdimar Johannsson
Special Mention: “Prayers for the Stolen,” Tatiana Huezo
DIRECTORS’ FORTNIGHT
Europa Cinemas Label: “A Chiara,” Jonas Carpignano
Society of Dramatic Authors and Composers Prize: “Magnetic Beats,” Vincent Maël Cardona
CRITICS’ WEEK
Nespresso Grand Prize: “Feathers,” Omar El Zohairy
Society of Dramatic Authors and Composers Prize: Elie Grappe and Raphaëlle Desplechin, “Olga”
GAN Foundation Award for Distribution: Elie Grappe and Raphaëlle Desplechin, “Zero Fucks Given”
Louis Roederer Foundation Rising Star Award: Sandra Melissa Torres, “Amparo”
CINÉFONDATION
First Prize: “The Salamander Child,” Theo Degen
Second Prize: “Salamander,” Yoon Daewoon
Third Prize — TIE: “Love Stories on the Move”, Carina-Gabriela Dasoveanu AND “Cantareira,” Rodrigo Ribeyro

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

प्रतिक्रिया