राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
समारोहमा जनगणतन्त्र बङ्गलादेशका आवासीय राजदूत मो शाफिकुर रहमान, गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सूकलाल, गणतन्त्र एङ्गोलाका गैरआवासीय राजदूत क्लेमेन्टे पेड्रो फ्रान्सिस्को कामेन्ह र गणतन्त्र अर्जेन्टिनाका गैरआवासीय राजदूत मारिनो अगुस्टिनले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

एमालेद्वारा ह्वीप जारी
उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

प्रतिक्रिया