रुपन्देहीमा चट्याङ लागेर यादवको मृत्यु

भैरहवा (रुपन्देही)- आज बिहान चट्याङ लागेर रुपन्देहीको मर्चवारमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्चवारी गाउँपालिका–३ महाराजगञ्ज बस्ने ४५ वर्षीया प्रमिला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
साउदका अनुसार बिहान घारबाट करिब एक सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइँ गर्न गएको अवस्थामा बिहान साढे ६ बजे यादवलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएकी यादवलाई भैरहवास्थित भीम अस्पतालमा पु¥याएको र त्यहाँ उपचारका क्रममा मृत्यु भएको साउदले बताए ।

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

प्रतिक्रिया