६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ- ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।
सोमबार थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।
तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ केजी अवैध सुन तस्करीको मुद्दामा अनुसन्धान सुरु भएपछि फरार रहेकी उनी विरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।
काठमाडौँको ठमेलस्थित होटेल भियनाकी सञ्चालकसमेत रहेकी रोका माओवादी केन्द्र निकट रोल्पा-काठमाडौँ सम्पर्क मञ्चको पनि पूर्वउपाध्यक्ष हुन् ।

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

प्रतिक्रिया