'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

तेहरान- इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुनः आक्रमण गरेको छ ।
“आक्रमणकारी (इजरायल) ले फेरि फोर्डो आणविक स्थलमा आक्रमण गरेको छ,” कोम प्रान्तको सङ्कट व्यवस्थापन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै तस्निम न्यूज एजेन्सीले जनाएको छ ।
संयुक्त राज्य अमेरिकाले इरानको फोर्डो आणविक केन्द्र तथा इस्फाहान र नातान्जलगायतका स्थलहरूमा अभूतपूर्व आक्रमण गरेको एक दिनपछि पछिल्लो आक्रमण भएको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई ‘समाप्त’ पारेको बताउनुभएको छ तर अन्य अधिकारीहरूले इरानको आणविक कार्यक्रममा वास्तविक प्रभावको आँकलन गर्न धेरै चाँडो हुने बताएका छन्।
इरानले उक्त आक्रमणको निन्दा गर्दै अमेरिकी आक्रमणपछि ’प्रदूषणको कुनै सङ्केत नदेखिएको’ उल्लेख गर्दै प्रतिशोधको प्रतिबद्धता जनाएको छ ।
अमेरिकाले इरानमाथि आक्रमण गरी इरानका आणविक वैज्ञानिक, शीर्ष सैन्य कमान्डरको मृत्यु हुनुका साथै सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रमा प्रभाब परेको थियो । (एएफपी)

रूसको भूकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

रूसको पुर्वी भागमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_IGssiVqJhV_fjgvwdiffzd9ugonqzrl0fs71ny4lo9ilxxjmia7sowwl51x5d60j7vgnlof.jpg)
भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

अमेरिका-ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

प्रतिक्रिया