६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ

काठमाडौँ- ६० किलो सुन तस्करी प्रकरणकी अमला रोका फेरि पक्राउ परेकी छन् । सोमबार काठमाडौँ जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनी फेरि पक्राउ परेकी छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको हो ।
तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ केजी अवैध सुन तस्करीको मुद्दामा अनुसन्धान सुरु भएपछि फरार रहेकी उनी विरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।
काठमाडौँको ठमेलस्थित होटेल भियनाकी सञ्चालकसमेत रहेकी रोका माओवादी केन्द्र निकट रोल्पा-काठमाडौँ सम्पर्क मञ्चको पनि पूर्वउपाध्यक्ष हुन् ।

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया