सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त

काठमाडौँ- अल्फा अटोमोटिभ प्रा.लि. नेपालका बहुप्रतिभाशाली हास्यब्यङ्ग्य कलाकार, सामाजिक व्यक्तित्व एवं उत्प्रेरक सन्दीप क्षेत्रीलाई फेस अफ रोयल इनफिल्डका रुपमा नियुक्त गरेको छ ।

क्षेत्री विगत दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रका माध्यमबाट जनमानसको मन जित्न सफल एक सशक्त व्यक्तित्व हुन् । उनको जीवनशैली, दृष्टिकोण र कार्यशैलीले स्वतन्त्रता, साहसिकता तथा आत्मविश्वासजस्ता गुणहरू अभिव्यक्त गर्छन् । उनको सादगीपूर्ण व्यक्तित्व, व्यापक लोकप्रियता तथा मोटरसाइकलप्रतिको गहिरो रुचिले उनलाई यस महत्वपूर्ण भूमिकाको लागि सर्वथा उपयुक्त बनाएको छ ।

रोयल इनफिल्ड नेपाल यस सहकार्यलाई केवल व्यवसायिक साझेदारीको रूपमा नभई, एक साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भको रूपमा हेर्दछ, जसले नेपाली मोटरसाइकल संस्कृतिमा नवीन आयाम थप्ने विश्वास लिएको छ , यस प्रयासबाट Royal Enfield मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन, सडक सुरक्षा, ट्राफिक नियम पालना सहितको सन्देश एवं कर्तव्य पालना गरिनेछ । हाम्रो सहकार्यबाट समाजका हरेक वर्गसमूदायसँग पुग्ने छौं भने युवा पुस्तामाझ अझ प्रगाढ सम्बन्ध गास्न सकिने अपेक्षा राख्ने जनाएको छ ।

क्षेत्रीमार्फत रोयल इनफिल्डको परम्परा, शैली र भावना, आम नेपाली जनसमूदाय सम्म थप प्रभावकारी ढंगले प्रवाह हुनेछ भन्ने अपेक्षा गरिएको छ । मोटरसाइकललाई केवल यातायातको साधन मात्र नभई आत्म–अभिव्यक्तिको माध्यमको रूपमा प्रस्तुत गर्ने हाम्रो दृष्टिकोण यस सहकार्यद्वारा अझ स्पष्ट र सशक्त रूपमा उजागर हुनेछ ।

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो …

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्…

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा, कालोपुलमा खुल्यो अटो पार्लर

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा, कालोपुलमा खुल्यो अटो प…

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने