४ लाख नेपाली छन् कतारमा

काठमाडौँ- कतारमा करिब चार लाख नेपाली कार्यरत रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । इरानको हमलापछि कतारका केही प्रमुख बजार क्षेत्रहरू बन्द गरिएको छ ।
कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भन्दै सूचना जारी गरेको छ । सोमबार इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि नेपाली दूतावासले यस्तो सूचना जारी गरेको हो ।
'वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ' जारी सूचनामा भनिएको छ ।
'कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ' सूचनामा भनिएको छ 'नेपाली राजदूतावास, दोहा कतारमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौँ ।'
इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानतर्फ आक्रमण गरेपछि इरानले जवाफी हमला गरेको हो ।
यसैबीच नेपालबाट कतार जाने सबै उडान बन्द गरिएको छ ।
नेपालबाट कतार जाने कतार एअरवेज, नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स लगायतका कुनै पनि व्यावसायिक उडानहरू बन्द भएका छन् । उक्त उडानहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।
उडान बन्द भएपछि नेपालबाट वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरू अलपत्र परेका छन् ।

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

प्रतिक्रिया