कलाकार झाकी श्रीमती सदा घरमै मृत फेला

सिरहा- मधेसको चर्चित कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकै रहेको आफ्नै घरमा सोमबार राति अँसा सदा मृत अवस्थामा फेला परेकी हुन् ।
गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि गरेका थिए । पूजाआजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी समाजमा खुसी देखिएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, यो घटना सोमबार रातीकै रहेको पुष्टि गरेको छ । अँसा सदाको माइती पक्ष नआएको कारण अगाडिको प्रक्रिया गर्न नसेकेको प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकैको नोचपुरस्थित सुटिङस्थलमा बिहानैदेखि भिड लागेको छ । अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा यसबारे जानकारी दिन सक्ने अवस्थामा छन् ।
कलाकार अविनास झा र अँसा सदाबीच करिब १०/११ दिनदेखि तनाव चल्दै आएको एक छिमेकीले बताए ।
अहिले प्रहरीले मुचुल्का प्रक्रिया अगाडि बढाएको छ ।
माइती पक्ष आएपछि पोष्टमार्टमको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाइएको छ । यसबारे अनुसन्धान तीव्र बनाइएको छ ।

मधेशमा डिपबोरिङ जडान सुरु

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्, श्रीमतीको मृत्यु

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

महिलामैत्री छैन सिरहाको कारागार

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा तीन किसानको मृत्यु

प्रतिक्रिया