सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

भनिदेऊ न ए छूत मान्छे

भनिदेऊ न ए छुत मान्छे,

कसरी म अछूत भएँ मानवताको इतिहासमा कहाँनेर म छुट भएँ ?

कति सहूँ म दलन इतिहासको ?

कति भोगूँ म निर्मम उपहासको ?

मेटाइदिनेछु यो छूतका सीमारेखा खोज्नु छ हिसाब ती तिरस्कारको

जातपातको विधानमा, कहाँनेर म खोटी भएँ भनिदेऊ न ए झुट मान्छे,

कसरी म अछूत भएँ...

सबको रंग रगतको रातै छ नि सभ्यताको सिलखाना यो तातै छ नि,

आऊ मेटाऔं यो झुटको इतिहास मानवता नै साझा हाम्रो जातै छ नि...

सभ्यताको निर्माणमा कहाँनेर म झुट भएँ भनिदेऊ ए छूत मान्छे कसरी म अछूत भएँ ?