मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

जसपा आधिकारिकता विवाद : महन्थ-उपेन्द्र समूहको आ-आफ्नै दावी

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा)का महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकतामा दावी गरेको छ । आइतबार निर्वाचन आयोगमा भएको सुनुवाइका क्रममा दुवै पक्षले पार्टी आधिकारिकताको दावी गरेको हो ।

आयोगमा पुगेर दुवै पक्षका नेताहरुले पार्टीका नाम चिन्ह आफूहरुले पाउनुपर्ने बताएका छन् भने दुवै पक्षले आफुसँग बहुमत कार्यकारिणी सदस्य रहेको दावी गरेका छन् । सुनुवाइपछि जसपा उपेन्द्र पक्षका नेता महेन्द्र राय यादवले पार्टी आधिकारिकताका बारेमा भएको मागदावीमा विधि र विधान अनुरुप टुङ्गो लगाउनुपर्ने बताए ।

आफूहरुको हस्ताक्षरलाई सर्वोच्चले समेत मान्यता दिएकाले आफुसँग बहुमत सदस्य रहेको उनको भनाई छ । अर्को पक्षले नै पार्टीबाट अलग्गिने बताएको उनले बताए । त्यस्तै महन्थ पक्षका नेता लक्ष्मणलाल कर्णले अर्को पक्षको दावी कानूनसम्मत् नरहेको बताए । उनले आयोगले जसपाका बारेमा छिटै निर्णय गर्नुपर्ने धारणा राखे ।

पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३-४४ अन्तर्गत आयोगले सुनुवाई गर्न लागेको हो । आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।