म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

म्याग्दीमा रहेका १ नगरपालिका र ५ गाउँपालिका गरी ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका सबै स्थानीय तहहरुले निर्धारित समयमै गाउँ नगरसभामार्फत नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् । पूर्वाधार निर्माण, सामाजिक विकास, कृषि, पशुपालन र रोजगार सिर्जनालाई प्राथमिकता दिएका जिल्लाका स्थानीय तहहरुले चालु आर्थिक वर्षमा खर्च हुन बाँकी रहने रकम, सानो आकारको आन्तरिक आम्दानीमा सङ्घ र प्रदेशबाट आउने अनुदानलाई जोडेर बजेट सार्वजनिक गरेका छन् ।
जिल्लामा रहेको एक मात्रै नगरपालिका बेनी नगरपालिकाले ७१ करोड ८० लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको छ । मङ्गलबार सदरमुकाम बेनीमा सम्पन्न १७औँ नगरसभामा मेयर सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख ज्योति लामिछानेले पेस गरेको बजेट छलफलसहित पारित भएको हो । सभामा लामिछानेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार रुपैयाँ र पुँजीगततर्फ १६ करोड ८६ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकाले कूल ६० करोड ७६ लाख २ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । २१औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आउँदो वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार ४३५ रुपैयाँ र पुँजीगततर्फ २३ करोड २२ लाख ९० हजार ३५८ रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
यस्तै धौलागिरि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड ५६ लाख ६ हजार ५६३ को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २४ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट छलफलपछि सर्वसहमतिमा पारित भएको हो।
गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च हुननसक्ने अनुमानित २ करोड रुपैयाँ र ४५ लाख रुपैयाँ आन्तरिक आम्दानीबाहेक सङ्घीय तथा प्रदेश सरकारले विभिन्न शीर्षकमा उपलब्ध गराउने अनुदानलाई स्रोत मानेर बजेट पारित गरेको हो ।
त्यसैगरी मङ्गला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ६१ लाख ५६ हजार ४५१ रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाले चालु खर्चतर्फ ३१ करोड ३३ लाख २० हजार ४५१ रुपैयाँ र पुँजीगततर्फ १३ करोड २७ लाख ३६ हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिइन् ।
यस्तै मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट पारित गरेको छ । गाउँसभाको १७औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार रुपैयाँ र पुँजीगततर्फ १३ करोड ७ लाख १९ हजार रुपैयाँ बजेट विनियोजन भएको जानकारी गराएकी थिइन् ।
त्यस्तै रघुगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख रुपैयाँ बढीको बजेट पारित गरेको छ । गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गरेको ५० करोड ११ लाख ४० हजार ८२० रुपैयाँ बराबरको बजेटमाथि छलफल गरी सर्वसम्मत रुपमा पारित भएको हो । गाउँपालिकाले चालुतर्फ ३७ करोड ६७ लाख ६० हजार ८२० रुपैयाँ र पुँजीगततर्फ १२ करोड ४३ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौँको रोकियो

प्रतिक्रिया