एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

नेकपा एमालेले वर्तमान सरकारको एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठुुला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकले सरकारले सुशासन र सेवा प्रवाहका क्षेत्रमा अझ बढि ध्यान दिनुुपर्नेमा जोड दिएको उनले बताए ।
मुलुकको अर्थतन्त्रमा सुधार हुँदै आएको, सडकमा देखिएका विरोधका स्वरहरु मत्थर हुँदै गएको, दैलेखमा मिथेन ग्यासको उत्खनन्को प्रारम्भिक प्रतिवेदन आउनुुलगायतका काम थप उपलब्धिका विषय भएको बैठकले निचोड निकालेको उनले जानकारी दिए ।
बैठकले भाद्र २० देखि २२ गतेसम्म पार्टीको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थीत सनराइज हलमा गर्ने निर्णय गरेको छ । विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव, विधान संशोधनको प्रस्ताव विष्णु पौडेल र संगठनात्मक प्रस्ताव महासचिव प्रस्तुतले गर्ने ज्ञवालीले जानकारी दिए । यही प्रयोजनका लागि साउन ५ गते केन्द्रीय समिति र त्यसअघि साउन २ गने पोलिट्व्युरो बैठक बस्ने उनले बताए ।
बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गर्ने निर्णय समेत गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । ज्ञवालीले पार्टीभित्रको ७० वर्षे उमेरहदको प्रावधानबारे विधान महाधिवेशनले निर्णय गर्ने भन्दै सैद्धान्तिक विषय बनाउन आवश्यक नरहेको उल्लेख गरे ।

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

प्रतिक्रिया