बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

काठमाडौँ- पञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।  विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईसहित रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।