बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु

पाटन (ललितपुर)- ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्यु भएको छ ।
महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।
“खोल्सामा साँझ अन्दाजी ७:३० बजेतिर आएको बाढीले बगाएर मृत्यु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ”, उनले भने ।
‘प्यारोल’बाट ३७ कैदी छुटे

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

धुलिखेल–खावा सडक स्तरोन्नतिको काम समयमै नहुँदा यात्रुलाई सास्ती

तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

खहरे पुलमा सवारी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

प्रतिक्रिया