विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

मनाङ- हिमाली जिल्ला मनाङमा रासायनिक विषादीरहित उत्पादन हुने स्थानको रूपमा परिचित छ । तर, यहाँ विषादी उपयोगमा न्यूनीकरण तथा प्रयोगमा ल्याउनु अघि नै सचेत गराउने उद्देश्यले समुदायस्तरमा सचेतना फैलाउन कृषि ज्ञान केन्द्र लागिपरेको छ ।
खेतीबालीमा अधिकांश स्थानमा विषादी प्रयोग भएको पाइएको छ । यहाँ पनि बढी उत्पादन लिने र किराफट्याङ्ग्रालाई मार्ने उद्देश्यले उपयोगमा ल्याउन सक्ने सम्भाव्यतालाई मध्यनजर गरी सचेतनाका कार्यक्रम गरिएको केन्द्र प्रमुख मदन रेग्मीले जानकारी दिए । मानव स्वास्थ्यमा पार्ने असरका बारेमा समुदायस्तरमा सचेतना फैलाउन आवश्यक देखेर अभियानकै रूपमा कार्यक्रमलाई अगाडि बढाइएको उनले बताए ।
“रासायनिक विषादी उपयोगलाई न्यूनीकरण गर्दै स्थानीय वनस्पति, गहुँत, गोबरलगायतबाट मल बनाउन समेत सिकाइएको छ, जैविक मलको प्रयोगले माटोको उर्वरतामा वृद्धि गर्छ, यसका लागि जैविक मल उपयुक्त हो”, उनले भने । किराफट्याङ्ग्रा लाग्न नदिनका लागि वानस्पतिक विषादी एवं झोलमल बनाउने विधिसम्बन्धि तालिम दिइएको छ । चामे गाउँपालिका–२ का करिब ४२ किसानलाई प्राङ्गारिकमय बनाउने उद्देश्यले रासायनिकभन्दा प्राङ्गारिक मल प्रयोगमा ल्याउन सिकाइएको प्रमुख रेग्मीले बताए ।
“विषादीरहित खानपान हुन्छ भन्ने बुझेका यहाँ आउने पर्यटकलाई व्यवहारमा पनि लाग्नु आवश्यक छ, जसले मानवीय स्वास्थ्यमा पनि असर नगरोस् र यसले जैविक खेतीतर्फ आकर्षित पनि गराउन सकियोस्”, उनले भने, “विषादीको प्रयोगलाई न्यूनीकरणभन्दा पनि पूर्ण रूपमा उपयोगमा नल्याउन सिकाइएको छ ।” सिस्नु, तितेपातीबाट जैविक मल बनाउन सिकाइएको छ । जैविक मलले माटोको उर्वरतामा वृद्धि गर्ने प्रमुख रेग्मीले बताए ।
मनाङमा उत्पादित खाद्यवस्तु पूर्ण रूपमा विषादीरहित भए पनि अहिले मौसममा आएको परिवर्तनले विषादी हाल्नुपर्ने सूचना पाएका किसानलाई सचेत गराउन आवश्यक छ । मावनीय स्वास्थ्यसँग जोडिएकाले खाद्यान्न, तरकारीलगायतमा विषादी प्रयोगलाई पूर्ण रूपमा निरुत्साहित गर्नुपर्ने देखिन्छ । रासस

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर
एक सय रोपनीमा अकबरे खुर्सानी खेती
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_0APWxyLnTS_e9bp8rhwpvlehcb02f6zbq713jzr1qcivl7wixrorhuimrakmifhzru0swmm.jpg)
काठेखोलाका ४७९ घर बाढीपहिराको उच्च जोखिममा

‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

प्रतिक्रिया