लागू औषध नियन्त्रण विभाग स्थापना गर्छौँ : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षभित्र लागू औषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका छन् ।
लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा गृहमन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले आगामी आर्थिक बर्षभित्र गृहमन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका हुन् ।
लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उनले बताए । उनले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा बिशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
देशभरका कारागारमा रहेका कैदीहरुमध्ये दोश्रो ठूलो संख्या लागूऔषधसम्बन्धी मुद्धाका कैदी रहेको भन्दै उहाले लागू औषध नियन्त्रणमा अझै पनि चूनौति देखिएको धारणा राखे ।
त्यस्तै प्रहरी महानिरीक्षक दिपक थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागू औषध नियन्त्रण र रोकथामका लागि प्रहरी गम्भीर भएर लागेको भन्दै सवै यसका बिरुद्ध एकजुट लाग्नुपर्ने बताए । उहाले लागू औषधका कारण शान्तिसुरक्षामा प्रतिकुल प्रभाव पर्ने भएकाले यसका बिरुद्ध सामूहिक प्रतिवद्धता आजको आवश्यकता रहेको धारणा राख्नुभयो । उहाले बिहीबार मात्रै बिरगंजबाट झण्डै साढे तीन सय क्वीन्टल चरेश बरामद गरिएको र केहिलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
स्वस्थ,सम्भ र सुरक्षित समाजको प्रतिवद्धता : लागू औषध दुरुपयोग बिरुद्ध ऐक्यवद्धता भन्ने नाराका साथ नेपालमा लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो । हरेक वर्षको जुन २६ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

यस्तो हुनेछ आज दिनभरको मौसम

वीरगञ्ज महानगरमा ट्याङ्करमार्फत खानेपानी वितरण गरिने

अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’

जसपाले फिर्ता लियो समर्थन, राष्ट्रियसभामा सरकार अल्पमतमा

यस्तो हुनेछ आज दिनभरको मौसम

विपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

प्रतिक्रिया