पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जना पक्राउ

प्रहरीले पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंबाट बीरगञ्जतर्फ जादै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३ सय १९ केजी लागूऔषध चरेश बरामद गरिएको जनाएको हो ।
बिशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–२१ परवानीपुर चोकमा रोकी राखेको अवस्थामा ट्रक र चालकको खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ । उक्त ट्रकको पछाडी सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाई राखेको अवस्थामा १३ पोकामा ३ सय १९ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । त्यस्तै ट्रक चालक बुद्धी बहादुर स्याङतानका साथबाट रु १ लाख ९२ हजार रुपैया समेत फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागू औषध भारत लैजान खोजिएको प्रहरीको भनाइ छ । ट्रक र बरामद लागू औषधसहित ट्रक चालक स्याङतानलाई नियन्त्रणमा लिइ लागू औषध सम्बन्धी कसूरमा पर्सा अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

विष्णुमतिमा कारसँगै यसरी बगेकी थिइन् भावना (भिडियो)

सर्पको डसाइबाट महिलाको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

प्रतिक्रिया