मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ- सामाजिक रूपान्तरणका साझा उद्देश्यसहित मिडिया नेटवर्क नेपाल एण्ड रिसर्च सेन्टर र कम्युनिटी डेभलपमेन्ट प्रोग्राम नेपाल(सीडीपी नेपाल)बीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । मिडिया नेटवर्क नेपालकातर्फबाट संस्थाका अध्यक्ष उदयराज ढकाल र सीडीपी नेपालका तर्फबाट संस्थाका अध्यक्ष डा. लक्षी सिंहले बुधबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार दुवै संस्थाले नेपालभर सामाजिक रूपान्तरणका विषयमा सहकार्य गर्दै दीर्घकालीन र प्रभावकारी कार्यक्रम अगाडि बढाउने छन् । कार्यक्रममा दुवै पक्षले दीगो सामाजिक विकासमा सूचना, मिडिया र अनुसन्धानको संयोजन आवश्यक रहेको भन्दै सहकार्यलाई ‘परिणाममुखी प्रयास’कारूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
समझदारीअनुसार देशका ७७ वटै जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण, बालअधिकार संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा स्थानीय स्रोत व्यवस्थापन जस्ता विषयमा संयुक्त रूपमा विकासमुखी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रममा मिडिया नेटवर्क नेपालका अध्यक्ष ढकालले भने, ‘अनुसन्धान, संवाद र सूचनाकामाध्यमबाट नागरिक चेतना बढाउनु हाम्रो मूल लक्ष्य हो। अब हामी सीडीपी नेपालसँग मिलेर गाउँदेखि सहरसम्म सामाजिक अभियानलाई सञ्चारसँग जोड्दै अगाडि बढ्नेछौं ।’
त्यस्तै, सीडीपी नेपालका अध्यक्ष सिंहले साझेदारीलाई ‘नीति र व्यवहार जोड्ने सेतु’का रूपमा व्याख्या गर्दै भने, ‘हामीले २० वर्षभन्दा लामो समयदेखि समुदायमा काम गरेका छौं, मिडिया नेटवर्क नेपालसँगको सहकार्यले हामीलाई राष्ट्रिय सञ्जालसँग जोड्दै हाम्रो प्रभाव र पहुँच बढाउनेछ।’
सहकार्यले शिक्षा, स्वास्थ्य, सीप विकास, उद्यमशीलता, लैङ्गिक समावेशिता, तथा समृद्ध जीवनशैलीतर्फ अग्रसर गराउने खालका कार्यक्रमहरुलाई अगाडि बढाउने अपेक्षा गरिएको छ । यसका लागि दुबै संस्थाले आफ्ना अनुभव, दक्षता, मानव संशाधन र प्रविधिको उपयोग गर्ने सहमति गरेका छन् । सम्झौताअनुसार, संस्थाहरूले संयुक्त अनुसन्धान, बहस, सञ्चार सामग्री निर्माण, नीतिगत सुझाव र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछन् । स्थानीय तहदेखि संघीय तहसम्मका सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गर्दै दीर्घकालीन परिवर्तनमा केन्द्रित परियोजनाहरू अघि सारिने जनाइएको छ। सहकार्यको केन्द्रमा पारदर्शिता, जवाफदेहिता र समावेशिता रहनेछन् ।
मिडिया नेटवर्क नेपालले सञ्चार माध्यम सञ्चालन, अनुसन्धान, परामर्श, नीति बहस, जनचेतना तथा प्रकाशन तथा प्रसारण सामग्री उत्पादनका क्षेत्रमा काम गर्दै आएको छ भने सीडीपी नेपालले ग्रामीण समुदायमा स्वास्थ्य, शिक्षा, रोजगार, महिला तथा बालअधिकारका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । दुईवटा संस्थाहरुबीचको सहकार्यपश्चात मुलुकको नीति–निर्माण तहसम्म प्रभाव पार्ने गरी कार्यक्रम डिजाइन गरी अगाडि बढाइने सीडीपी नेपालका अध्यक्ष डा.सिंहले बताए । कार्यक्रममा अभिसर्ग नेपाल मिडियाका निर्देशक सुदीप खनाल, सिडिपी नेपालका कार्यकारी सदस्य कमला देवी सिंह लगायतको उपस्थिति रहेको थियो ।

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जना पक्राउ

विष्णुमतिमा कारसँगै यसरी बगेकी थिइन् भावना (भिडियो)

सर्पको डसाइबाट महिलाको मृत्यु

प्रतिक्रिया