एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

काठमाडौँ- एलजी नेपालले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान “Affectionate Intelligence” लाई नेपालको लागि विशेष प्रदर्शनीमार्फत प्रस्तुत गर्न लागेको छ । सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियान अब नेपालमा पनि सुरु हुँदैछ, जसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको Artificial Intelligence को सुरुवात दर्साउँछ।
दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम, असार १३ मा डिलरहरूको लागि र असार १४ मा सर्वसाधारण का लागि आयोजना हुनेछ। कार्यक्रममा सहभागीहरूले LG को नयाँ पुस्ताको AI Innovations प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन् जसले केवल सेवा गर्ने मात्र होइन, बुझ्ने र ख्याल गर्ने उद्देश्य राख्दछ।
“Affectionate Intelligence” केवल products को प्रदर्शन मात्र नभई, प्रविधि र मानवबिचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने LG को दृष्टिकोण हो। यसले उत्तरदायित्व, सम्बन्ध र विश्वासलाई केन्द्रमा राख्दै प्रयोगकर्ता मैत्री भविष्यतर्फको यात्रा प्रस्तुत गर्दछ।
नेपाली बजारमा ४ दशक लामो सफल यात्रालाई सम्मान गर्दै, LG र चौधरी ग्रुपको साझेदारीमा आयोजित यो कार्यक्रम एउटा ऐतिहासिक उपलब्धि हुनेछ ।
चौधरी ग्रुप का मार्केटिङ प्रमुख गौरव हमाल भन्छन् :
“यो हाम्रो लागि निकै गर्वको क्षण हो। LG सँग हाम्रो सहकार्य गोल्ड स्टारको समयमा सुरु भएको हो । दशकौँ सम्म फैलिएको हाम्रो सम्बन्धले नेपाली घरघरमा विश्वस्तरीय प्रविधि ल्याएको छ। अब ‘Affectionate Intelligence’ मार्फत हामी त्यस्तो भविष्यमा पाइला टेक्दैछौं, जहाँ प्रविधि अझ मानवीय, अझ बौद्धिक र अझ प्रभावकारी बन्नेछ।”
LG र CG बिचको सम्बन्धले विश्वास, नवप्रवर्तन र प्रयोगकर्ता मैत्री डिजाइनको आधारमा नेपालमा नेतृत्व कायम गर्दै आएको छ। आगामी प्रदर्शनीले प्रविधिको मानवीय भविष्य कस्तो देखिन्छ भन्ने झलक दिनेछ।
सर्वसाधारणलाई असार १४, शनिबार बिहान ११:०० बजेबाट साँझ ५:०० बजेसम्म, ललितपुरको द प्लाजामा आयोजना हुने यो अद्वितीय अनुभवमा सहभागी हुन आमन्त्रण गर्दछौँ ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_O1BH6nlQx4_lgc3jqrgvtkarbub87zlta5omilddkdy6wig6z1o5korbyzshd5rt4zbvtfq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया