‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

काठमाडौँ - यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । मदन भण्डारी फाउण्डेशनले बिहीबार पत्रकार सम्मेलन गरी एक लाख राशिको सो पुरस्कार व्यवसायी शेर्पालाई प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कार यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तिका अवसरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ ।
पर्यटन व्यवसायी शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङ्ग गाउँमा जन्मिएका हुन् । उनले ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय रहनुका साथै नेपाल पर्वतारोहण सङ्घको पटक पटक गरी १५ वर्ष अध्यक्षका रूपमा नेतृत्व गरेका छन् ।
शेर्पा अहिले पनि जलवायुमैत्री हिमाली सङ्गठन, विश्व पर्वतारोहण महासङ्घ, एसिएन पर्वतारोहण महासङ्घ, विश्व पर्वतारोही सङ्घ, हिमालयन होष्ट कन्ट्रिजजस्ता संस्थामा नेतृत्वकारी भूमिका निर्वाह गरिरहेका छन् ।
फाउण्डेशनले नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता भण्डारीको योगदानको स्मरण गर्दै उनको विचार र मार्ग दर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण काम गर्ने संस्था र व्यक्तित्वलाई सामाजिक पहिचान र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्न २०६८ सालदेखि पुरस्कार प्रदान गर्दै आएको छ ।

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जना पक्राउ

विष्णुमतिमा कारसँगै यसरी बगेकी थिइन् भावना (भिडियो)

सर्पको डसाइबाट महिलाको मृत्यु

प्रतिक्रिया