‘कमला नदीमा पुल निर्माण चाँडै’

सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका लागि मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा रु एक करोड विनियोजन गरेको छ । बर्खायाममा कमला नदीमा पुल नहुँदा आवत–जावतमा कठिनाई व्यहोर्दै आएका थिए। यहाँ १४ वर्षदेखि पुल निर्माणाधिन थियो। सर्वसाधारणले जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता थियो। मुख्यमन्त्री सतिशकुमार सिंहको पहलमा यो योजना अघि बढाइएको हो ।
उनले भने, ‘कमला नदीमा पुल निर्माण गर्नु धनुषा–सिरहा मात्रै होइन, सिङ्गो मधेस प्रदेशको आवश्यकता हो। हामी यो कार्य दृढताका साथ अगाडि बढाउँछौँ।’ रु एक करोडले मात्र पुल निर्माण सम्भव नभएको उनले बताए। मुख्यमन्त्री सिंहका अनुसार आवश्यकताअनुसार चरणबद्ध रूपमा थप बजेटको व्यवस्था गरिनेछ।
सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले भने, ‘थोरै बजेट राखेर भएपनि प्रदेश सरकारले कमला पुललाई समेटेको छ। पुल बनाउन यो रकम पर्याप्त छैन। संघीय सरकारले पनि यसका लागि सहयोग गरोस्।’ निर्माणाधिन अवस्थामै भासिएको यो पुल विगत लामो समयदेखि जीर्ण छ। वर्षा याममा नदी पार गर्न बाँसको अस्थायी संरचना बनाइएको छ।

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

प्रतिक्रिया