प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा आज सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गरेका छन् ।
प्रधानन्यायाधीश राउत नेतृत्वको निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्नुभएको थियो । उक्त टोलीले निरीक्षण भ्रमणका क्रममा जङ्गी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिका सम्बन्धमा जानकारी लिएको थियो ।
सो क्रममा प्रधानन्यायधीश राउतले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीहरुलाई विशेष निर्देशनसमेत दिनुभएको छ । भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललगायतका पदाधिकारीहरु, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
–––

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

बाँकेमा सम्बन्ध बिच्छेद गर्नेहरू बढ्दै

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

कल्याणपुरका नगरप्रमुख साह एक लाख घुस रकमसहित पक्राउ

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

प्रतिक्रिया