विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रूकुमको पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-११ बस्ने ४० वर्षीय जगदिश महर, नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने ३७ वर्षीय डिल बहादुर आले मगर र सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन्।
पक्राउ परेकामध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख रुपैयाँ, डिल बहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५ लाख १० हजार रुपैयाँ र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जना पक्राउ

विष्णुमतिमा कारसँगै यसरी बगेकी थिइन् भावना (भिडियो)

सर्पको डसाइबाट महिलाको मृत्यु

प्रतिक्रिया