शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्सले उत्कृष्ट जीवन बीमकको उपाधि पाएको छ । बिहीबार साँझ सोल्टी होटलमा न्यू बिजनेश एज लिमिटेडद्वारा आयोजित नवौं  बिजनेश अवार्ड समारोहमा उत्कृष्ट जीवन बीमकको उपाधि पाएको हो ।

त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले उत्कृष्ट निर्जीवन बीमकको उपाधि पाएको छ ।

आर्थिक वर्ष २०८०।८१ को कारोबार आकार, बीमा कोष, वित्तीय सबलताको आधारमा यी दुबै बीमकले उत्कृष्ट बीमकको उपाधि पाएको न्यू बिजनेश एजले जनाएको छ ।

त्यसैगरी ईसेवा लिमिटेडले उत्कृष्ट सूचना प्रविधि कम्पनीको उपाधि पाएको छ । नेपाल फर्मास्युटिकल्स लिमिटेडले पनि उत्कृष्ट कम्पनीको उपाधि पाएको छ ।

उक्त कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन पनि सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक उत्कृष्ट डिजिटल बैंकिङ अवार्ड, एभरेष्ट बैंक उत्कृष्ट वाणिज्य बैंक, मुक्तिनाथ विकास बैंक उत्कृष्ट विकास बैंक र इन्भेष्टमेण्ट एण्ड फाइनान्स उत्कृष्ट वित्तीय संस्था पनि सम्मानित भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा चाचान ग्रुपका अध्यक्ष बाबुलाल अग्रवाल चाचानलाई लाइफ टाइम अचिभमेण्ट अवार्डबाट सम्मान गरिएको जनाएको छ ।