निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी विद्यालय सञ्चालन र प्रारम्भिक बाल विकास (इसिडी)सम्बन्धी व्यवस्था पारित भएका छन् । समितिको आज बसेको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलका क्रममा निजी विद्यालय सञ्चालन र व्यवस्थापनका सम्बन्धमा यसलाई लोककल्याणकारी, सेवामूलक, गैरनाफामूलक बनाएर लैजानेगरी समितिबाट विद्यालय शिक्षा विधेयक सर्वसम्मतले पारित भएको हो ।
त्यसैगरी सामुदायिक र निजी विद्यालयमा प्रारम्भिक बाल विकास (इसिडी) मा दुई वर्षको अवधि रहने विषय पनि टुङ्गो लागेको छ । समितिले यी दुवै विद्यालयमा समान अवधि राख्ने सहमति गरेको हो । समितिले पूर्वप्राथमिक शिक्षालाई दुई वर्षभन्दा बढी अवधि नहुने गरी सञ्चालन गर्न नपाउने प्रावधान सर्वसम्मतले पारित गरेको हो ।
समितिका सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गर्नुभएको प्रस्तावमा बाल सहजकर्ताका रूपमा नियुक्ति हुन कम्तीमा १२ कक्षा पढेको हुनुपर्ने, सेवा प्रवेश गर्दा तालिम लिनुपर्ने व्यवस्था राखिएको छ । इसिडी बाल शिक्षक वा सहजकर्ता भन्ने र उहाँहरूको वृत्तिविकासका विषयमा भने समितिले सहमति जुटाउन सकेको छैन ।

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

संसदीय समितिबाट पारित भएका विधेयकमाथि छेडखानी नगर्न प्रचण्डको चेतावनी

प्रतिक्रिया