नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

काठमाडौं- काठमाडौं महानगरपालिकाले विगतको वर्षमा जस्तै नदीजन्य विपद् नहोस् भनेर नदी सफा गरी दुई हजार ट्रिप माटो निकालेको छ। कामपा वातावरण व्यवस्थापन विभागका अनुसार विगतको वर्षहरूमा जस्तै उपत्यकामा हुने गरेको नदीजन्य विपद्का घटनाहरू नहोस् भन्नका लागि नदी सफाइको काम गरेको हो।
विभागका प्रमुख सरिता राईका अनुसार विष्णुमती, धोवीखोला, मनोहरा, टुकुचालगायत खोला सफा गरी माटो निकाल्ने काम भइसकेको छ। उक्त खोलाहरू सफा गर्ने क्रममा कामपाले दुई हजार ट्रिप माटो निकालेर चोभार र कीर्तिपुरमा व्यवस्थापन गरेको प्रमुख राईले जानकारी दिइन्।
नदीमा माटो भरीनाले पनि धेरै जनधनको क्षेती गर्ने भएकाले कामपाले त्यसो नहोस् भनेर बैलैमा नदीमा भरीएको माटो निकाल्ने काम गरेको हो। माटोका कारण नदीको सतह भरीएका हुन्छन् जसका कारण बाढी आउँदा बाटो र बस्तीमा पसेर क्षती हुने गरेको छ त्यसो नहोस् भनेर नदी सफाइको काम गरिएको कामपाले जानकाएको छ।
प्रमुख राईले भनिन्, ‘विगतको वर्षमा भन्दा यस वर्ष छिट्टै मनसुन भित्रिएको छ, नियमित जस्तो पानी परिरहेकै छ । जसका कारण नदीनन्य विपद् आउने सम्भावना अलि बढी नै छ। त्यसकै पूर्वतयारी स्वरूप कामपले सफाइको काम गरेको हो।’
नदी सफाइको कामसँगै कामपाले पानीजन्य विपद् न्यूनीकरणका लागि कृतिम अभ्याससमेत गरेको छ। मनसुनजन्य विपद्बाट जनधनको क्षति कम गर्ने उद्देश्यले ‘विपद् कृत्रिम अभ्यास’ गरेको हो।
मनसुनजन्य बाढीपहिरो तथा डुबानजस्ता विपद्बाट जनधनको क्षति घटाउन कामपाले पानीमा डुबेका व्यक्तिको खोजी र उद्धारका लागि कृत्रिम अभ्यास गरेको कामपाका नगर प्रहरी प्रमुख उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए। ‘गएको वर्ष मनसुनजन्य विपद्का कारण काठमाडौंमा नसोचेको जनधनको क्षति भएको थियो। यस वर्ष त्यस्तो नहोस् भनेर विपद् व्यवस्थापन प्रतिकार्यको अभ्यास गराइएको हो’, जोशीले भने, ‘उद्धारमा खटिने सुरक्षाकर्मीको क्षमतालाई अभ्यासबाट निपूर्ण बनाउने, साधनस्रोत तथा उपकरणको प्रबन्ध गर्ने, प्रयोग विधि सिकाउनेलगायत क्रियाकलाप अभ्यास गरिएको हो।’
विपद् व्यवस्थापन तालिममा विभिन्न किसिमका कार्य विपद् प्रतिकार्य क्षमता विकास तालिममा अग्नि निवारण, जीवन उद्धार, जल प्रकोप, खोजी तथा उद्धार, डोरीको माध्यमबाट गरिने उद्धार, विपद्मा हुने मृत शरीर व्यवस्थापनको सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यास लगायतको अभ्यास गराइएको छ।

भिरबाट लडेर महिलाको मृत्यु

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

प्रतिक्रिया