पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

इस्लामाबाद- पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको अचानक बाढीले दुई परिवारलाई बगाउँदा कम्तीमा छ जनाको ज्यान गएको छ भने नौ जना अझै बेपत्ता रहेका छन् । उक्त घटना शुक्रबार बिहान भएको हो, स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
घटना स्वातको बाबुजई तहसीलस्थित बाइपास सडक नजिकै रहेको जी क़ुर्बान रेष्टुराँ छेउमा बिहान करिब साढे आठ बजे भएको हो । डस्का र मर्दान जिल्लाबाट आएका दुई परिवारका सदस्यहरू मनोरञ्जनको लागि स्वात नदीमा पसेका थिए । सोही समयमा माथिल्लो भेगमा परेको भारी वर्षाका कारण नदीमा आएको अचानक बाढीले उनीहरूलाई बगाएको बताइएको छ ।
स्वातका प्रमुख जिल्ला अधिकारी शहजाद महबूबका अनुसार, “पानीको सतह अचानक बढेपछि जम्मा अठार जना मानिसहरू बाढीको प्रवाहमा परेका थिए ।”
घटना लगत्तै उद्धार टोली, स्थानीय स्वयंसेवकहरू र सुरक्षा निकायको सहकार्यमा खोज तथा उद्धार कार्य प्रारम्भ गरिएको थियो । प्रारम्भिक प्रयासमा तीन जनालाई जीवितै उद्दार गरिएको छ भने छ जनाको शव फेला परेको छ ।
नौ जना अझै वेपत्ता रहेका कारण मालाकन्ड जिल्लासम्म फैलाइएको ठूलो खोज अभियान जारी रहेको अधिकारीहरूले जनाएका छन् । जिल्ला प्रशासनका वरिष्ठ पदाधिकारीहरू स्वयं उपस्थित भई उद्धार कार्यको निगरानी गरिरहेका छन् ।
डिप्टी कमिश्नर महबूबले भने,“नागरिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । अहिलेको अवस्थामा मौसम अनिश्चित भएकाले नदी तथा खोला नजिक नजान सबैमा आग्रह गरिन्छ ।” (सिन्ह्वा)

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

प्रतिक्रिया