संघीय संसद् भवन अगाडि भूतपूर्व ब्रिटिश गोर्खा सैनिकको प्रदर्शन, अनसन बस्ने चेतावनी

काठमाडौँ - भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले नेपाल र बेलायत सरकारलाई आफ्नो माग पूरा गरिदिन भन्दै सांकेतिक प्रदर्शन गरेका छन् । आइतबार संघीय संसद् भवन अगाडि उनीहरुले सांकेतिक प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सत्याग्रह संघर्ष समिति नेपालका संयोजक एलबी घिसिङले गोर्खाली सैनिक २०७ वर्षदेखि ब्रिटिशको विभेदको शिकार भएको बताए । संयोजक घिसिङले यो अपमान र पीडा सबै नेपालीहरुको भएकोले सरकार, सधन र सडकमा यी विषयहरु उठाइदिन माग गरे ।
घिसिङले आफ्ना मागहरुमा चासो दिएर सम्बोधन नगरे २१ जुलाईबाट बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बस्नेसमेत चेतावनी दिए । 'बेलायती सरकारले नेपाली ब्रिटिश सैनिकहरुलाई दासको जस्तो व्यवहार र अमानवीय व्यवहार गरेको छ,' उनले भने,'यदि दुवै सरकारले यी विषयमा चाँडो छलफल गरेर ब्रिटिश सरहकै व्यवहार गर्नुपर्छ ।'
३२ वर्षदेखि समानता, सम्मान र इज्जतका लागि संघर्षरत रहेको जनाउँदै घिसिङले ३ मेमा अल्टिमेटम दिएपनि चासो नदिएकोले १५ जुन २०२१ मा सडक प्रदर्शन गरेर बेलायनी प्रधानमन्त्री बोरिस जोनसनलाई पुनः स्मरण गराएको जनाए । ब्रिटिश आर्मी सरह नै गोर्खा ब्रिटिश आर्मीले पनि तलब, पेन्सन र सेवासुविधा पाउनुपर्ने उनीहरुको माग छ ।

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिक्रिया