शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सिरहा- सिरहाको अर्नमा गाउँपालिका १ बुढियाचापमा एक जना युवकको शव फेला परेको छ । अर्नामा गाउँपलिका १ बुढियाचापको रामसेवक महराको छोरा अन्दाजी ३५ वर्षीय अजय महराको शव आज बिहान घर अगाडि नै शव फेला परेको हो । 

अजयलाई कसैले मरणासन्न हुने गरी कुटपिट गरेर घाँटिमा प्लास्टिकको पासो लागेको अवस्थामा उनकै घर अगाडि शव राखिएको स्थानियहरु बताउँछन् ।

कुटपिट पश्चात घिसारेर उनको हत्या गरिएको स्थानियको आरोप छ। मृतक महरा मानसिक रोगी पनि रहेको एक जना स्थानीयले जनाए। 

तर, उनको घरमा करिव दुई चार दिनदेखि घरायसी झगडासमेत भइरहेको थियो। 

स्थानियले घटनाबारे प्रहरिलाई जानकारी गराए लगतै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।

महराको मृत्यु शंकास्पद रहेकोले अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रदेशबाट तालिम प्राप्त कुकुर आइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जनाए ।

हत्याको आशंका रहेकोले तालिम प्राप्त कुकुर ल्याइएको र अनुसन्धान भइरहेको बताए।