७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती

दमौली (तनहुँ)- जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुरखेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ । घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अङ्गुरखेती हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् ।
काठमाडौँ चन्द्रागिरिका कुमार कार्कीले पाँच वर्षअघि यहाँ जग्गा खरिद गरी व्यावसायिक रूपमा अङ्गुरखेती गरिरहेका छन् । विसं २०७७ मा घिरिङ भिनेयार्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी खेती सुरु गरेकामा अहिले फार्ममा लटरम्म अङ्गुर फलेका छन् ।
करिब ७० रोपनी क्षेत्रफलमा डिभिको, चार्डोनी, अर्काडिया, सोन्जालगायत २१ प्रजातिका अङ्गुर लगाएको कार्कीले जानकारी दिए । उनका अनुसार जिल्लाको पहिलो अङ्गुरखेती हेर्न दैनिक ५० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।
व्यास नगरपालिका–५ का मोहनकुमार श्रेष्ठले लटरम्म फलेका अङ्गुरले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने बताए । अङ्गुर फार्ममा पुगेका छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अङ्गुरखेती प्रशंसालायक रहेको उल्लेख गरे ।
सञ्चालक कार्कीका अनुसार फार्ममा चार जनाले स्थायी र २० जनाले ज्यालादारीका रूपमा रोजगारी पाएका छन् । स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा रु ७०० देखि एक हजारसम्ममा खरिद गरी यहाँ ल्याएर रोपिएको उनले जानकारी दिए । अङ्गुरखेतीका लागि हालसम्म रु एक करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उनले बताए ।
कार्कीका अनुसार यहाँ उत्पादित अङ्गुर वाइन बनाउनका लागि धादिङ पठाउने गरिएको छ । सात सय ५० मिलिलिटरका बोतलमा विभिन्न तीन प्रकारका वाइन उत्पादन भइरहेको उनले जानकारी दिए ।
वाइन बनाउने कम्पनीले धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि ३०० रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन गर्दै आएको कार्कीले बताए ।
धादिङमा रु ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेती र वाइन उत्पादन भइरहेको भन्दै त्यहाँ उत्पादित वाइन प्रतिबोतल रु एक हजार २०० मा बिक्री भइरहेको उनले उल्लेख गरे ।
कार्कीले भने, “कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।” वर्षामा एकपटक अङ्गुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट, बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउनेलगायत कार्य गरिएको उनको भनाइ छ ।
फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायत जातका अङ्गुर छन् । अङ्गुरको बोटमा चैत, वैशाखमा फूल फुल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुन्छ ।
यहाँको हावापानी उपयुक्त रहेकाले व्यावसायिक रूपमा अङ्गुरखेती भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । रासस
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर
एक सय रोपनीमा अकबरे खुर्सानी खेती
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_S53ODnvZ1P_xlkrf7mtlstp1ddmmxhnpey4ibnm7nlajmfwe51xwhhk1ktblwijaw4xzk34.jpg)
प्रतिक्रिया