संसदीय सुनुवाई समितिद्वारा सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाई

सिंहदरबारमा आइतबार बसको समिति बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको संसदीय सुनुवाई गरेको हो । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालको संसदीय सुनुवाई सोमबार हुने समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिए ।
त्यसअघि संसदीय सुनुवाईका क्रममा समिति सदस्यहरुले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई निष्पक्ष कार्यसम्पादनको आधारका बारेमा प्रश्न राखेका थिए । समिति सदस्य महेश बर्तौलाले पोखरेलको पृष्टभूमि सक्रिय राजनीति रहेकाले यसबाट मुक्त हुने आधारका बारेमा सोधेका थिए । साथै उहाले व्यावसायिक घरानाको प्रभावमा परेर सिफारिस भएको हो की भन्दै प्रश्न गरे ।
त्यस्तै समिति सदस्य जनार्दन शर्माले सर्वोच्च बारको नेतृत्वमा रहेर काम गरेको र बार राजनीतिक पक्षधरताको ठाउँ रहेकाले अव न्यायाधीशमा नियुक्त भए निष्पक्ष हुने आधारका बारेमा प्रश्न राखेका थिए ।
सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रस्तावित न्यायाधीश पोखरेलले आफू कसैको सिफारिसमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताए । कुनै व्यवसायीक घराना वा राजनीतिक दवाव र प्रभावमा आफु नपर्ने उहाले स्पष्ट पार्नुभयो । पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्षमा आफु प्रतिवद्धत रहने बताए ।
त्यस्तै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश श्रीकान्त पौडेलले न्यायपालीकालाई प्रभावकारी बनाउने, निष्पक्ष न्यायसम्पादन, निष्ठा र इमान्दारीताको आदर्शका साथ अघि बढ्ने बताउनुभयो । कसैको दवाव, प्रभावमा आफु नपर्ने र संविधानका साथै नागरिकको अदालतबाट चाहेको सेवा प्रवाहमा ध्यान दिने उनले उल्लेख गरे ।
त्यस्तै पौडेलले इजलासको बहसको समय व्यवस्थापन, अनावश्यक पेशी रोक्ने कार्य बन्द गर्ने लगाएका कार्ययोजना समितिमा प्रस्तुत गरेका थिए ।

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

राष्ट्रियसभामा १४ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित

संसदको रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयक, देशमा आगो बाल्ने चेतावनी

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

प्रतिक्रिया