सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

काठमाडाैँ- नेपाली बजारमा सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख ८८ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलाको २ हजार १४० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा छापावाल सुनको भाउ तोलाको एक रुपैयाँ र चाँदीको भाउ २५ रुपैयाँले घटेको हो ।

हिजो आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख ८९ हजार ४०० रुपैयाँ र चाँदी तोलाको २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।