चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जीप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजनन्को समय भएकाले आजदेखि लागू हुने गरी जीप सफारी बन्द गरेको जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जीप सफारी बन्द गरिएको हो । त्यतिबेला ठूलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि बर्सात कम भएमा असोजको पहिलो साता सफारी खुल्नेछ ।
वर्षाको समय जङ्गली जनावरका लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा निकुञ्जभित्र प्रवेश गर्दा जङ्गली जनावरको बासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जीप सफारी बन्द गरेको हो ।
मगरका अनुसार बर्खायामको समयमा निकुञ्जको बाटोहरू बिग्रिने तथा बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो ।
निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यावसायिक जीप सफारी बन्द गर्ने गरेको छ । निकुञ्जको सौराहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट नौवटा जीपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् । निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा जीप सफारी नियमित सञ्चालन हुनेछ ।

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

अब क्यूआर कोडमा पचाल झरना

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

प्रतिक्रिया