एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

काठमाडौँ- एलजी नेपालले आफ्ना नवीनतम ग्लोबल इनोवेसनको अवधारणा 'इफेक्सनेट इन्टेलिजेन्स' लाई विशेष दुई दिने कार्यक्रममार्फत् सार्वजनिक गरेको छ । जुन २७ मा डिलरहरूका लागि र जुन २८ मा सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरहरूका लागि आयोजना गरिएको कार्यक्रममा एलजीको भविष्यमुखी प्रविधिको अनुभव गराइएको थियो । जहाँ प्रविधिले प्रयोगकर्तालाई बुझ्नु मात्र होइन, उनीहरूको ख्याल पनि राख्दछ ।
'इफेक्सनेट इन्टेलिजेन्स' एलजीको आर्टिफिसल इन्टेलिजेन्स प्रति राखिएको विशेष दृष्टिकोण हो—जहाँ एआई केवल बुद्धिमान नभई संवेदनशील र उत्तरदायी रहेको छ, जसले प्रविधि र मानवबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँछ ।
यस अवसरमा एलजीले आफ्ना आगामी पुस्ताका एआई प्रविधिद्वारा सञ्चालित समाधानहरू प्रस्तुत गर्यो, जुन नवप्रवर्तनमा आफ्नो प्रतिबद्धता र उद्देश्यप्रति समर्पणको प्रमाण थियो।
साथै,एलजीले नेपालमा आफ्नो ४० वर्षको सफल यात्रा मनाउँदै, एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । पछिल्ला चार दशकदेखि एलजी नेपाली घरपरिवारको रोजाइमा रहँदै आएको छ—यो विश्वास, नवीनता र ग्राहकसँगको गहिरो सम्बन्धको प्रतिफल हो।
कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको उपस्थितिले विशेष आकर्षक बनाएको थियो । उनले नेपालमा एलजीको सुरुवाती यात्रा र डिलर तथा साझेदारहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै, एलजीलाई देशको सबैभन्दा भरपर्दो र प्रिय इलेक्ट्रोनिक्स ब्रान्ड बनाउन उनीहरुको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिंगापुरका म्यानेजिङ डाइरेक्टर फावियन कुन्हो ली, एलजी इलेक्ट्रोनिक्स बंगलादेशका म्यानेजिङ डाइरेक्टर जेराल्ड सुन्घो चुन र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीको विशेष उपस्थिति थियो ।
दोस्रो दिनको कार्यक्रम सर्वसाधारणका लागि खुला गरिएको थियो, जसमा आगन्तुकहरूले एलजीको नयाँ एआई प्रविधिको प्रत्यक्ष अनुभव गरे। सहभागीहरूले “AI Mission Challenge” मा भाग लिएर रमाइला उपहारहरू पनि जिते। मिडियाकर्मी र विशेष आमन्त्रित पाहुनाहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहजनक बनाएको थियो ।
यस यात्राको स्मरण गर्दै चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालले भने,“हामी नेपाली घरपरिवारको हिस्सा बन्न पाएकोमा गर्व गर्छौं।एलजीले सधैं नवीनता र अत्याधुनिक प्रविधिको नेतृत्व गर्दै आएको छ। अब ‘'इफेक्सनेट इन्टेलिजेन्स'’ सँगै एआई झन् मानवीय, झन् संवेदनशील र झन् अर्थपूर्ण बन्नेछ।”
एलजी र सिजीको सहकार्य सन् १९८८ बाट सुरु भएको हो- उक्त समय एलजीलाई 'गोल्ड स्टार' भनेर चिनिन्थ्यो। दशकौंदेखि चल्दै आएको यो साझेदारी विश्वास र नवप्रवर्तनको बलियो आधारमा स्थापित हुँदै आएको छ।
'इफेक्सनेट इन्टेलिजेन्स' कार्यक्रम केवल प्रदर्शनी मात्र थिएन-यो मानिस, प्रगति र अझ स्मार्ट, अझ कनेक्टेड भविष्यप्रति गरिएको प्रतिबद्धताको उत्सव रहेको थियो ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया