हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन

हुम्ला- चिनियाँ प्राविधिक टोलीले हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन गरेको छ । ल्हासाबाट हिल्सा नाका आएको उक्त टोलीले सडकको सम्भाव्यता अध्ययन गरेको हो । हिल्सा–सिमकोट सडक योजना कार्यालयका योजना प्रमुखको नेतृत्वमा हिल्साबाट सिमीकोटसम्मको ९५ किमी सडकको स्तरोन्नतिको सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको छ । योजना प्रमुख वेलबहादुर नेपालीका अनुसार १० जना चिनियाँ प्राविधिक टोलीले असार ७ देखि १३ गतेसम्म उल्लेखित सडकको सम्भाव्यता अध्ययन गरेको थियो ।
बाइसौँ धान दिवस सम्पन्न
हुम्लाका छवटा गाउँपालिकामा २२ औँ धान दिवसमा किसानले खेतबारीमा धान रोपाइँ गरेका छन् । किसानले ‘धानबालीमा सघन खाद्य सुरक्षा र आत्मनिभरता’ नाराका साथ धान रोपेका हुन् ।
जिल्लामा पाँच सय ८५ हेक्टरमा धानखेती हुने गरेको छ । चङ्खेली गाउँपालिकाको दार्मा, ताँजाकोटको मदना सेरी, अदानचुलीको गल्फागाड, ढकुनी, कुना तुम्चको मकैमा र सर्केगाडको तुम्चको कार्कीवाडा, सेल्तडी दुल्ली मुन्डी जैर, खार्पनाथ गाउँपालिकाको लालीप्युस, माझा, याङ्चु र सिमकोट गाउँपालिकाको खोल्सीमा धान रोपाइँ गरिएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी दिए ।
–––

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

पहिराले गुल्मीको रिडी-वामीटक्सार सडकमा आवागमन रोकियो

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

नारायणी लिफ्टबाट पानी छोडियो

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

दोर्दी केन्द्र जोड्ने सडक कालोपेत्र गर्न सुरु

प्रतिक्रिया