वार्ता पुनः सुरु हुनअघि अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान

लन्डन- इरानका उप–विदेशमन्त्री माजिद तख्न–रावान्चीले आइतबार साँझ बिबिसीलाई अमेरिकाले इरानमाथि थप आक्रमण नगर्ने आश्वासन नदिएसम्म वासिङ्टन र तेहरानबीच कूटनीतिक वार्ता पुनः सुरु हुन नसक्ने बताएका छन् ।
उहाँले बेलायती प्रसारणकर्तालाई इरानका तीन आणविक सुविधामा आक्रमण गरेको एक हप्तापछि अमेरिकाले वार्ताको टेबलमा फर्कन चाहेको सङ्केत गरेको बताए ।
“हामी कुनै पनि मितिमा सहमत भएका छैनौँ, हामी विधिमा सहमत भएका छैनौँ”, उनले भने, “अहिले हामी यस प्रश्नको उत्तर खोजिरहेका छौँ । के हामी संवादमा संलग्न हुँदा आक्रामकताको पुनरावृत्ति देख्नेछौँ ?”
अमेरिकाले ‘यो अत्यन्त महत्त्वपूर्ण प्रश्नमा एकदम स्पष्ट’ हुन आवश्यक रहेको उनले बताए ।
यस महिनाको सुरुमा इजरायलले इरानका आणविक स्थलहरू र सैन्य पूर्वाधारमा आक्रमण गर्दा इरान र अमेरिका तेहरानको आणविक कार्यक्रमलाई लिएर वार्तामा थिए । जुन २१ मा तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फाहानमा बमबारी गरेर अमेरिका उक्त आक्रमणमा सामेल भयो ।
उपविदेशमन्त्रीले अमेरिकाले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई लक्षित गरेर ‘शासन परिवर्तनमा संलग्न हुन नचाहेको’ सङ्केत दिएको बिबिसीलाई खुलासा गरे ।
तख्त–रावान्चीले इरानलाई अझै पनि युरेनियम संवर्धन गर्न अनुमति दिइनुपर्ने पनि बताए ।
“यसको स्तरबारे छलफल गर्न सकिन्छ, क्षमताको बारेमा छलफल गर्न सकिन्छ, तर तपाईंसँग संवर्धन हुनु हुँदैन, तपाईंसँग शून्य संवर्धन हुनुपर्छ, र यदि तपाईं सहमत हुनुहुन्न भने, हामी तपाईंमाथि बम प्रहार गर्नेछौँ भन्नु, यो जङ्गलको कानून हो”, उनले भने ।
इजरायलले इरानको आणविक कार्यक्रम बम उत्पादन गर्न नजिक रहेको दाबी गरेको छ भने तेहरानले यो शान्तिपूर्ण उद्देश्यका लागि भएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘पूर्ण रूपमा नष्ट’ भन्नु भएपनि इरानको आणविक सुविधाहरूमा भएको आक्रमणले कति क्षति पुर्याएको छ भन्ने अझै स्पष्ट भएको छैन ।
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी प्रमुख राफेल ग्रोसीले इरानले ‘केही महिनाभित्र’ समृद्ध युरेनियम उत्पादन गर्न सक्ने बताएका छन् ।
तख्त–रावान्चीले कति समय लाग्ने हो थाहा नभएको बताए ।
सन् २०१५ को सम्झौताअनुसार इरानलाई व्यावसायिक आणविक उर्जा संयन्त्रका लागि तीन दशमलव ६७ प्रतिशतभन्दा कम शुद्धताको युरेनियम उत्पादन गर्न अनुमति दिइएको थियो ।
ट्रम्पले सन् २०१८ मा सम्झौता त्याग्नुभयो र इरानले नागरिक प्रयोगका लागि स्तरभन्दा माथि तर अझै पनि हतियार ग्रेडभन्दा तल ६० प्रतिशतसम्म समृद्ध युरेनियम उत्पादन गरेर जवाफ दियो ।
त्यो सामग्री, यदि थप परिष्कृत गरियो भने, सैद्धान्तिक रूपमा नौ भन्दा बढी आणविक बमहरू उत्पादन गर्न पर्याप्त हुनेछ । (एएफपी)

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !
चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम…

जलवायु सङ्कटले जीवनको अधिकारमा गम्भीर असर पार्दै : संयुक्त राष्ट्रसंघ

जापानको औद्योगिक उत्पादनमा उल्लेखनीय सुधार

भारतको रासायनिक कारखानामा विस्फोट : कम्तीमा १२ जनाको मृत्यु
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

प्रतिक्रिया