माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

महोत्तरी- रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान, गौशालामा “माइलिज च्याम्पियर्न ” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।
यस प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी “विजेता” बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित “पहिलो उपविजेता” बने भने ८० किलोमिटर माइलेजसहित “दोस्रो उपविजेता”को उपाधि गोपाल महतोले प्राप्त गरे ।
कार्यक्रमले मोटरसाइकल प्रयोगकर्ताहरूमा इन्धनको उचित उपयोग र माइलेज वृद्धि गर्ने प्रविधि र सीपप्रति रुचि बढाएको आयोजकहरूले जनाएका छन् । उक्त कार्यक्रममा सहभागीहरूलाई स-धन्यवाद प्रमाणपत्र÷सम्मानपत्र पनि प्रदान गरिएको थियो ।
माइलिज च्याम्पियन सफल रुपमा सम्पन्न भएको जानकारी गराउँदै प्लाटिना मोटरसाइकलको किफायति बारेमा आम जनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ । रामजानकी अटो बर्दिबासले आगामी दिनमा पनि यस्ता प्रेरणादायक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

परेन पानी, भएन रोपाइँ

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

बारामा ४३ लाख राजश्व छलीको सामानसहित ट्रक बरामद

लागू औषधसहित स्याङजाका मगर गौरमा पक्राउ

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

प्रतिक्रिया