बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२  जनाको मृत्यु

ढाका- बङ्गलादेशमा जुन महिनामा डेङ्गुका मामिला उल्लेखनीय रूपमा बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ । 

मे महिनामा एक हजार सात सय ७३ मानिस भाइरल रोगबाट सङ्क्रमित भएपछि जुनसम्म पाँच हजार नौ सय ५१ थप डेङ्गुका घटनाहरू रेकर्ड गरिएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशालय (डिजिएचएस) ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस वर्ष अहिलेसम्म डेङ्गुका सङ्क्रमितको सङ्ख्या १० हजार दुई सय ९६ पुगेको देखाएको छ ।

सोमबार स्थानीय समयअनुसार ८:०० बजेसम्म २४ घण्टामा राजधानी ढाकामा ८७ सहित कुल चार सय २९ नयाँ डेङ्गुका घटना रिपोर्ट गरिएको डिजिएचएसको तथ्याङ्कले देखाएको छ ।

जुनमा १९, मेमा तीन, अप्रिलमा सात, फेब्रुअरीमा तीन र जनवरीमाा १० जनाको मृत्यु भएको डिजिएचएसले जनाएको छ ।

यस वर्ष जनवरी १ देखि जुन ३० सम्म देशभरका विभिन्न अस्पतालबाट उपचारपछि नौ हजार ८७ जना डेङ्गुका बिरामी घर फर्केका छन् ।

जुन–सेप्टेम्बर मनसुन अवधि बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम हो । बङ्गलादेशे लामखुट्टेबाट हुने रोगहरूको उच्च जोखिममा रहेको राष्ट्र हो । (सिन्ह्वा)