पहिरोले घर पुरिँदा चार जना घाइते

ताप्लेजुङ- सिदिङ्वा गाउँपालिका–३ मा गएराति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते हुनुभएको स्थानीय मौसम सेलिङले जानकारी दिए ।
घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश सरकारः परिमार्जित योगदानमूलक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

तिलाहारमा बेठीका साथ रोपाइँ

तिम्ल्याहाले घरमै पाए नागरिकता

अवैध लागूऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

प्रतिक्रिया