बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

पाँचखालवासीलाई निःशुल्क रगत

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने  व्यवस्था गरेको छ ।  नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब निःशुल्क रगत पाइने भएका हुन् ।

“पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण  ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ”, नगरप्रमुख महेश खरेलले भने । सम्झौता अनुसार रेडक्रसले निःशुल्क आवश्यक रगत उपलब्ध गराए बापत नगरले प्रतियुनिट रु एक हजार ५० का दरले रकम प्रदान गर्नेछ ।